
आउ पहाड हेरौं
बिस्तारै हिड्ने बादलहरुमा
कलकल बग्ने खोलाहरु,
कुरा गरौं हावाको
सितल सिरेटोको
सरल आकाशहरुमा
मेरा पहाडहरुमा
कोइली कलकलाउँछिन्
आँख,कान र मनमा,
कसैलाई बोलाउछिन्
सरल आकाशमा,
आउ गोरेटो हेरौं
बिस्तारै झुल्ने
लहलह फाँटहरुमा
लट्टरम्मै धनका बालाहरु
Leave a comment