निलकाँडा

पँन्ख -१

भंगेरा उडी रहन्छ
निलकाँडा र निलकाँडामा
चल चली रहने राम्रा फुलहरु बिच
फुल बैजनी,
निलकाँडाको होइन…
निलकाँडाका फुल त तिता
राम्रा हुन्छन,
सुन्तली जसै
साना साना दाना
भंगेरा उडी रहेछन्
तेही सुन्ताली दाना लिई
गगनमा,
आकाशमा,
शहरमा

पँन्ख -२

भगेरो उडि रहन्छ

यो बोट देखि

त्यो बोट !

अनि

उडि रहन्छे

उसको पछि पछि

उसको साथी भंगेरी

यो डाली देखि

त्यो डाली !

पाँन्ख

छितिजमा

शहरमा

गाउँमा

हरहर बताश

Leave a comment